ह्यात होटेलको नाफामा भारी गिरावट

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको चैतसम्ममा ह्यात होटेल अथात् तारागाउँ रिजेन्सी होटल्स लिमिट्डको खुद नाफा घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बिशेषगरि कोरोना भाइरसले उब्जाएको परिस्थीतिका कारण नै कम्पनीको नाफा घटेको हो । गत आवको तेस्रो त्रैमासमा होटेलले ३५ करोड ६५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यस पटक भन्दा त्यो भन्दा करिब १० करोड रुपैयाँ कम अर्थात् रु. २५ करोड ७८ लाख १ हजार खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ । 
कम्पनीको कुल नाफा भने ५७ करोड ८६ लाख १४ हजार रहेको छ । 
होटेलले यस अवधीमा रु. ८५ करोड ८८ लाख ३४ हजार रेभेन्यू गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको रेभ्युन्यू पनि गत आवको तुलनामा घटेको छ । गत आवको सो अवधीको तुलनामा कम्पनीले रु. १ अर्ब ४ करोड भन्दा बढी रेभ्युनू गरेको थियो ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ रहेको छ । कम्पनीले आफ्नो जगेडामा ५५ करोड ५६ लाख भन्दा बढी रकम राखेको छ । 
यस्तै, कम्पनीको प्रति शेयर आम्दानी १९.२६ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १३४.१२, पीई रेसियो १०.७०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १८३.५२ र तरलता अनुपात १.९९ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया