सुनको मूल्य बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
मगंलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै पटक ६ सय रुपैयाँले बढेर नयाँ रेकर्डक कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यो मुल्य हालसम्मँकै उच्चँ हो ।अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको बताइएको छ ।
यस्तै तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।
प्रतिक्रिया