आइएमईबाट बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्माः अब झनै सजिलो

५ बर्ष अगाडि

 सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ ।

अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् । 

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुलाई उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो ।

यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया