डिसहोमले समेत आईपीओ निष्काशन गर्दै

५ बर्ष अगाडि

काठमाडौं – टेलीभिज प्रसारण गर्ने डिसहोम कम्पनीले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले  रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 
उक्त कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै सोमबार नै नेपाल धितोपत्र बोर्डमा अनुमति दिइसकेको छ । अब बोर्डबाट अनुमति पाएपछि आवश्यक प्रक्रिया पुरा गरेर आईपीओ निष्काशन गरिने बताइएको छ । 
उक्त कम्पनीको आईपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले नै किन्न सकिने छ । नेपालमा सन् २००९ मा स्थापना भएको डिसहोमले पब्लीक कम्पनीमा रुपान्तरण भएर आईपीओ निष्काशन गर्न लागेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया