कारोबारको पहिलो घण्टा : ५ अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ५.५७ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ६ अकंले उकालो लागेको हो ।

आज १३४४.२२  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४७.९८ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३४४।२२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  ०.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १२ वटै  उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १५५ कम्पनीको ४ लाख  १३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १९करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया