काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीति आँटै गरेर नयाँ कार्यक्रमसहितको आर्थिक पुनः उत्थानमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको अर्थसमितिको सोमबारको बैठकमा उनले आगामी आवको बजेटले छाडेका विषय मात्रै नभई नयाँ योजना र कार्यक्रम समेत समावेश हुनुपर्ने बताए ।
उनले भने ‘ बजेटले छाडेका मात्रैले पुग्दैन । प्रस्तुत भएको विवरणमा संकेत भएका विषयले मात्रै हुँदैन । टेकअफ गर्ने नीति चाहियो ।’
उनले केन्द्रीय बैंकका तर्फबाट प्रस्तुत भएको ४२ बुदामा गरिएको संकेत मात्रै पुग्दैन ।
उनले विदेशबाट प्राप्त हुने र नेपाली युवाले पठाएको बिप्रेषण जग्गा दलालीमा मात्रै लगानी भएको र त्यो रकम उत्पादन र रोजगारी सिर्जनामा केन्द्रीत नभएको बताए ।
उनले कृषि क्षेत्रको विकासका लागि बैंकले प्रमुख प्राथमकिता दिनुपर्ने उल्लेख गरे । उनले भने ‘ कृषिको विकास गर्ने हो भने त्यसमा केन्द्रीत गरौ ।’
उनले पूर्वाधारको विकासका लागि स्थापना गरिएको भनिएको पुर्वाधार बैक पनि प्रमुखताका साथ जान नसकेको गुनासो गरे
उनले पुनरकर्जा पनि राम्रोसँग परिचालित नभएका कारण व्यवसायी थला पर्न लागेको र विशेष गरी पर्यटन, यातायात क्षेत्र बढी समस्यामा परेको बताए ।
ठोस नीति नआउदा साना व्यवसायि बढि पेलिने गरेको भन्दै उनले निश्चित क्षेत्र नै तोकेर नीति बनाउनुपर्ने सुझाव दिए ।
उनले लक्ष्य थोरै राखेर भएपनि माथि जाने खालको नीति तत्कालको आवश्यकता रहेको बताए । विकसित अर्थतन्त्रको जसरी स्वासइत्त ढंगले कुनै पनि विषय वस्तुलाई बुझ्न नहुने भन्दै उनले बजेटसँग अन्तरसम्बन्धित गरेर जान सुझाव दिए ।
अर्थतन्त्रमा नै संरचनात्मक समस्या रहेको भन्दै पूर्व अर्थ मन्त्री समेत रहेका डा भट्टराईले डिर्पाचर लिने खालको नीति जरुरी रहेको आवश्यकता औल्याए । साहसिक रुपमा परिवर्तन गर्ने खालको नीति तत्कालको आवश्यकता रहेको जरुरी रहेको भन्दै उनले औद्योगिक उत्पादनमूखी र देशभित्रै रोजगारी सिर्जना गर्ने खालको नीति आवश्यक रहेको सप्ष्ट पारे ।
उनले पटक पटक जोड दिएर विप्रेषण विशेष गरी जग्गा दलालीको क्षेत्रमा गएको र त्यो अनुत्पादनशील क्षेत्र रहेकाले विशेष ध्यान दिनुपर्ने बताए ।
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने खालको लहर आइरहेको भन्दै उनले साना र मझोाल व्यवसाय प्रवद्र्धन गर्ने गरी व्याजर र कर्जा प्रावह गर्ने खालको नीति आवश्यक रहेको बताए ।
उनले काभिडका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने खालको नीति जरुरी रहेको र सोही दिशामा केन्द्रीत गर्नुपर्ने स्पष्ट पारे ।
कोही व्यवसायी थला पर्ने अवस्थामा पुगेको भन्दै उनले त्यस्ता व्यवसायीलाई राहत दिन कुनै पनि कन्जूस्याई गर्न नहुने पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ ।
प्रतिक्रिया