साधना लघुवित्तको आईपीओ बाँडफाट, ६६१५२ जनाले मात्रा पाए शेयर

५ बर्ष अगाडि

काठमाडौं – साधना लघुवित्त वित्तिय संस्थाको आईपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आज साँझ ५ बजे उक्त लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरेको हो ।

उक्त लघुवित्तको आईपीओको आइतबार प्रि–अलोटमेन्ट गरेर आज बाँडफाट गरिएको हो । लक्की ड्र मार्फत ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने अन्यले शेय पाएका छैनन् । 
लघुवित्तले गत असार २१ गतेदेखि २४ गतेसम्म ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशन गरेको थियो ।  कुल आईपीओ मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि  लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात्  ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले पाएका हुन् । 
उक्त आईपीओमा ४ लाख भन्दा बढी आवेदकले आवेदन दिएका थिए ।

आईपीओ बाँडफाड भएपछि लघुवित्तको हालको चुक्तापुँजी बढेर रू.१४ करोड ७७ लाखबाट बढेर रू. २१ करोड ७७ लाख पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया