कारोबारको दोस्रो घण्टामा पनि उकालो यात्रामै नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा  ३.०५ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको हो ।

आज १३४२.३५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३४३.३५ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३४२.३५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७७ कम्पनीको २१  लाख ९४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५१ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया