कारोबारको पहिलो घण्टा : झिनो अकंले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ३.७३ अंकले उकालो लागेको छ ।

कारोबार सुरुमा ओरोलो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले उकालो लागेको हो ।

आज १३४२.४९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४३.८९ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३४२.४९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६६ कम्पनीको १५ लाख ४६  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३०  करोड २९  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया