अजोड इन्स्योरेन्सको आईपीओ आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – अजोड इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको रहेको छ । आवश्यक भन्दा बढी आवेदन बढी आवेदन आएपछि पहिलो चरणमा नै बन्द गर्न लागिएको हो । 

कम्पनीले गत असार २५ गतेदेखि प्रति कित्ता रु. १०० का दरले ३० लाख कित्ता अर्थात् रु. ३० करोडको आईपीओ निष्काशन गर्न गरेको थियो । त्यसमा आवश्यक भन्दा साढे ५ गुणा बढी आवेदन आएको छ । 
नीले कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाएका छ । यस्तै, १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि छुट्टाइएको छ ।
उक्त आईपीओ आवेदनकले कम्तीमा १० कित्तामा आवेदन दिनुपर्ने छ । उक्त आईपीओको बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।

कम्पनीको उक्त आईपीओले ग्रेड ४ रेटिङ पाएको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको छ ।

उक्त आईपीओमा धितोपत्रबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था, मेरो शेयर लगायतका माध्यमबाट आवेदन दिन सकिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया