प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा आज हुँदैछ ।
कम्पनीले सभामा शेयरधनीहरूलाई आर्थिक वर्ष २०७४\०७५ को मूनाफाबाट आर्थिक वर्ष २०७४\०७५ को लागि हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नै सभा बोलाएको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि असार १९ गते एक दिनका लागि शेयर दाखिला खारेज बन्द गरेको थियो । तसर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया