साताको पहिलो कारोबारका दिन आज नेप्से परिसूचक उकालो लागेको छ ।
कारोबारको शुरुवातबाटै उकालो लागेको परिसूचक आज भने ९ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १३३३.८८ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३३९.९३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटीभ सूचक पनि ०.९३ अंकले उकालो लागेको छ । आज कारोबारका लागी आएका १४ उपसूचक मध्य ७ उपसूचक बढे्का छन् ।
त्यस्तै, आज कारोबारका लागी आएका १७९ कम्पनीको २६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया