नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा ६.९८ अंकले बढेको छ ।
कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसुचक तेस्रो घण्टाको अन्तिम सम्म आउँदा ०.५२ प्रतिशतले उकालो लागेको हो ।
आज १३३३.८८ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३३८.२५ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ वटा उपसमुह घटेका छन् ।
अहिले कारोबार भईरहेका १७६ कम्पनीको १७ हजार ५२ कित्ता शेयर खरिद विक्री हुदाँ ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया