काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । लघुवित्तको शनिबार सम्पन्न नवौं बार्षिक साधारण सभाले सो बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
यस्तै, साधारण सभाले गत आवको मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत लाभांश दिने प्रस्ताव पािरत गरेको हो । त्यसमा २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरिएको हो ।
उक्त बोनस शेयर पश्चात कायम हुने चुक्तापुँजीको आधारमा नै हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको हो । हाल लघुवित्तको चुक्तापूँजी रू. ६ करोड ३३ लाख ६० हजार छ । बोनस शेयर पश्चात त्यो रू. ७ करोड ९२ लाखको चुक्तापुँजी पुग्नेछ । त्यसैको आधार नै हकप्रद शेयर जारी गरिने बताइएको छ ।
प्रतिक्रिया