कोरनो भाइरसको महामारीका कारण ब्यवसाय चौपट भएको बेला झापामा नक्कली भारतीय नोटकको बिगबिगी भएको छ ।
अरुलाई पैसा सापटी दिएर मिटरब्याज असुल्ने काम गर्दै आएका व्यक्तिहरुले झापामा नक्कली नोटको कारोबार गरेको फेला परेको हो ।
सुरुङ्गा क्षेत्रमा नक्कली नोटको कारोबार भएको जानकारी भएपछि प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ ।
पाँच सय रुपैयाँका नक्कली नोटको ७५ हजार भारु सहित कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अर्का एकजनाका भने परिचय भने प्रहरीले खुलाएको छैन।
पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।
प्रतिक्रिया