साताको शेयर कारोबारः ७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

५ बर्ष अगाडि

काठमाडौं – यो साता नेपाली शेयर बजार ७४.९९ अंकले बढेको छ । आइतबार १२५६.११ विन्दुबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको थियो । तर, बिहीबार अन्तिम समयसम्म आउँदा उक्त परिसुचक ५.९७ प्रतिशतले बढेर १३३१.१० विन्दुमा आएको छ । 
नेप्सेकाअनुसार यो हप्ता कुल रु. ५ अर्ब १६ हजार २ लाख ६ हजार १६४ को कारोबार भएको छ, जसअनुसार दैनिक औषतमा १ अर्ब ३ करोड भन्दा बढीको कारोबार भएको नेप्सेको भनाइ छ । 
यो हप्ता जम्मा १९७ कम्पनीको शेयर कारोबार भएको छ ।  नेप्सका अनुसात उक्त कम्पनीहरुको १ करोड ३६ लाख २६ हजार २५३ कित्ता शेयरको ९० हजार २०२ पटक कारोबार भएको छ । 
यो हप्ता मार्केट क्यापिटलाइजेशन १७ खर्ब ४६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको थियो । गत साता बजार पुँजीकरण १६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । 
यो हप्ता नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीले ७९ करोड ५४ लाखको कारोबार भएको छ । यस्तै कारोबारको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको ४३ अर्ब ३० करोडको कारोबार भएको छ । यस्तै, तेस्रो नम्बरमा रहेको एनएमबी बैंकको १९ करोडको कारोबार भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया