ज्योति लाईफ इन्स्योरेन्सले प्रादेशिक कार्यालय धनगढीबाट जीवन बीमा गरेका बीमित स्व। जगदिश कुमार भट्टको दाबी भुक्तानी रकम दुई लाख ९ हजार ८०० रूपैयाँ हस्तान्तरण गरेको छ ।
२०७६ फागुन ८ गते उपचारको क्रममा निधन भएका भट्टको आवश्यक कागजात तथा निवेदन पेश गरि बीमितका श्रीमती मन्जु कुमारी भट्टले भुक्तानी रकम लिएकी हुन्।
कम्पनीका धनगढी प्रादेशिक प्रमुख देश राम चौधरीले दाबी रकम दुई लाख रूपैयाँ तथा बोनस रकम ९ हजार ८०० रूपैयाँ गरी जम्मा दाबी रकम दुई लाख ९ हजार ८०० रूपैयाँ उनको श्रीमती दाबीकर्ता मन्जु कुमारीलाई हस्तान्तरण गरेका छन्।
प्रतिक्रिया