साधाना लघुवित्तको आईपीओः साढे ४ लाख भन्दा बढीको आवेदन, पाउने ६६ हजार मात्रै

५ बर्ष अगाडि

काठमाडौं – बुधबार मात्रा बिक्री बन्द भएका साधना लघुवित्त वित्तिय संस्थाको आईपीओ भन्दा माग भन्दा करिब १७ गुणा बढी आवेदन परेको छ । बुधबार अन्तिम दिनसम्म ४ लाख ५५ हजार ७२७ जनाले १ करोड ११ लाख ८७ हजार ९६० कित्ता अर्थात्  रु.१ अर्ब ११ करोड ८७ लाख ९६ हजार बराबर आईपीओका लागि आवेदन दिएका छन्, जुन माग १६.९१ गुणा बढी हो । 
लघुवित्तले असार २१ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन बिक्रीमा ल्याएको थियो । 
कुल आईपीओ मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि  लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात्  ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले पाउनेछन् । 
प्रति आवेदक १० कित्ता आईपीओ पाउने प्रावधान छ, जसअनुसार साढे ४ लाख भन्द्या बढी आवेदक मध्ये ६६ हजार १५२ जनाले मात्र यस लघुवित्तको शेयर पाउने छन् । अन्य आवेदन भने खाली हात नै हुनेछन् । 
यो आईपीओ बाँडफाड भएपछि लघुवित्तको हालको चुक्तापुँजी बढेर रू.१४ करोड ७७ लाखबाट बढेर रू. २१ करोड ७७ लाख पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया