हालसम्मकै उच्च विन्दुमा सुनको मुल्यः आज ९ सयले बढ्यो, तोलाको कति ?

५ बर्ष अगाडि

बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बिहीबार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया