आजदेखि अजोड इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला

५ बर्ष अगाडि

अजोड इस्योरेन्स कम्पनीको आईपीओ आज बिहीबारदेखि बिक्री खुल्ला हुदैछ ।

पुर्व निर्धारित समयअनुसार नै असार २५ गतेदेखि आईपीओ बिक्री गर्न लागिएको हो । 

कम्पनीले प्रति कित्ता रु। १०० का दरले ३० लाख कित्ता अर्थात् रु। ३० करोडको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल कित्ता मध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाएका छ । यस्तै, १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ ।

 बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि छुट्टाइएको छ ।
उक्त आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । 

ढिलोमा भने साउन ८ गते सम्म आवेदन दिन सकिने छ । 

उक्त आईपीओ आवेदनकले कम्तीमा १० कित्तामा आवेदन दिनुपर्ने छ । 

उक्त आईपीओको बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।

कम्पनीको उक्त आईपीओले ग्रेड ४ रेटिङ पाएको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको छ ।

उक्त आईपीओमा धितोपत्रबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था, मेरो शेयर लगायतका माध्यमबाट आवेदन दिन सकिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया