नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो सङ्क्रमितको कुल सङ्ख्या १६,४२३ पुगेको छ।
तीमध्ये ७,७५२ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५३ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
अहिले देशभरि आइसोलेशनमा ८,६३६ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।
प्रतिक्रिया