काठमाडौं – एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने, ओपनिङ्ग रेञ्ज कति ?
हालै आईपीओ बिक्री गरेको एनआईसी एशिया लघुवित्तको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । लघुवित्तको १४ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । योसँगै अब उक्त लघुवित्तको बिहीबार देखि नै शेयर कारोबार सुरु हुने भएको छ ।
लघुवित्तले गत असार १० गतेदेखि १४ गतेसम्म ४६ लाख कित्ता आईपीओ ल्याएको थियो । त्यसको बाँडफाँड भएपछि नेप्सेमा सुचिकृत गरिएको हो ।
एनआईसी एसियाको ओपनिङ कारोबार मुल्य ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरिएको छ । यसको आधारमा नै भोलिदेखि कारोबार हुनेछ ।

प्रतिक्रिया