नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

५ बर्ष अगाडि

आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । 

बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । 

पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ । 

पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया