काठमाडौं – साधना लघुवित्त वित्तिय संस्थाको आईपीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको गत असार २१ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन बिक्रीमा ल्याएको थियो । त्यसमा आवश्यक भन्दा बढी आवेदन आएपछि पहिलो चरणमा नै बिक्री बन्द गर्न लागिएको हो ।
कुल आईपीओ मध्ये०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि लागि छुट्याएको छ ।
यस्तै ५ प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले पाउनेछन् ।
बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार मंगलबार साँझ ५ बजेसम्म ३ लाख ६८ हजार ९९६ जना आवेदकबाट ९० करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको ९० लाख ८७ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन, १३ गुणले बढी हो ।
यसरी आवश्यक भन्दा बढी आवेदन परेपछि आज मात्र बिक्री खुल्ला गर्न लागिएको हो । आज उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया