नेपालमा पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ।
तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
प्रतिक्रिया