नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ३३.९३ अकंले बढेको छ ।
आज १२९८. ७३ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा २.९२ प्रतिशतले बढेर १३३६.९३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज कारोबारमा आएका १७८ कम्पनीको १८ हजार १ सय ४० किता शेयर खरिद बिक्री हुदा १ अर्ब २१ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुह बढेका छन् ।
त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्ये नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडले ९ करोड १२ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।
प्रतिक्रिया