नेप्से र बोर्डका कर्मचारीलाई शेयर कारोबार गर्न रोक

५ बर्ष अगाडि

काठमाडौं – अब नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कार्यरत कर्मचारीले शेयर खरिद गर्न नपाउने भएको छ । सांसद् रामकुमारी झाक्रीको संयोजकत्वमा बनेको संसदिय उपसमितिले अर्थ समितिलाई यस्तो सुझाव दिएको हो । यदि, उक्त प्रस्ताव तथा सुझाव अर्थसमितिले जस्ताको त्यस्तै पारित गरेमा बोर्ड र नेप्सेमा कार्यरत कर्मचारीले शेयर खरिद गर्न पाउने छैनन् । 
प्रतिवेदनअनुसार उनीहरुले यस पहिला नै किनेको शेयर बाहेक अन्य थप शेयरको काराबोर गर्न पाउने छ्रैनन् । उनीहरुलाई प्राथमिक र दोस्रो बजारमा नै शेयर कारोबार रोक लगाउन उप समितिले सुझाव दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया