काठमाडौं – लकडाउन अवधीमा तिर्न बाँकी रहेको नविकरण जीवन बीमाशुल्कमा अब भने व्याज लाग्ने भएको छ । बीमा समितिले यस अघि पटक पटक परिपत्र जारी गर्दै अन्तिम पटक असार २२ गतेसम्म बीमाशुल्क तिर्ने म्याद थप गरेको थियो । तर, समितिले अब भने बीमाशुल्क तिर्नका थप नगर्ने भएको छ, फलस्वरुप आज (मंगलबार)देखि लकडाउन अवधीमा तिर्नुपर्ने नविकरण बीमाशुल्कमा जरिवाना तथा व्याज लाग्ने छ ।
बीमा समितिका एक अधिकारीले बीमाशुल्क म्याद थप नगरिएको बताए । मंगलबारदेखि बुझाइने बाँकी बीमाशुल्कमा तोकिएको मात्रामा जरिवाना तथा व्याज लाग्ने उनको भनाइ छ ।
सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि लकडाउन लगाएपछि लगाएयता समितिले पटकपटक बीमा शुल्क म्याद थप गर्दै आएको छ । तर, अहिले लकडान खुकुलो भइसकेको र आर्थिक गतिविधि बढ्दै गएपछि बीमाशुल्क तिर्ने म्याद थप नगरिएको हो ।
प्रतिक्रिया