कारोबारको अन्तिम समयसम्म नेप्से ९ अंकले बढ्यो , १ अर्ब ३ करोडभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ९.३५ अकंले बढेको छ ।

कारोबारको सुरुवातको पहिलो घण्टामा ओरालो लागेको नेपसे  अन्तिम समय सम्म ०.७४ प्रतिशतले बढेको हो ।

आज १२५६.१९ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा १२६५.४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

अहिले सम्म कारोबारमा आएका १७२  कम्पनीको २० हजार ४ सय ७४ कित्ता शेयर खरिद बिक्री हुदा १ अर्ब  ३ करोड रुपैया बराबरको कारोबार भएको छ ।

त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्ये नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडले १५ करोड १२ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया