कारोबारको दोस्रो घण्टा: १२ अकंले उकालो लाग्यो नेप्से

५ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो  घण्टामा ११.८३  अंकले उकालो लागेको छ ।

कारोबार सुरुमा ओरोलो यात्रा लागेपनि परिसूचक दोस्रो  घण्टाको अन्तिम सम्म आउँदा ११ अकंले उकालो लागेको हो ।

आज १२५६.१९ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १२६७.९५  को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १२५६.१९  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६० कम्पनीको १६ लाख  कित्ता शेयर खरिद विक्री हुदाँ ५६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया