काठमाडौं – मेगा बैंक र गण्डकी विकास बैंकले आज (आइतबार) देखि एकीकृति कारोबार सुरु गरेका छन् । पुर्व निर्धारित समयअनुसार नबै दुवै बैंकले मेगा बैंकको नामबाट संयुक्त कारोबार सुरु गरेका हुन् ।
मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भनेर यसअघि नै सहमति भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार सुरु गरिएको हो । मेगाले बैंकले गण्डकी विकास बैंकलाई १ बराबर १ शेयरको अनुपातमा गाभेको हो ।
एकीकृत कारोबार पछि मेगा बैंक निक्षेप र मुनाफाका आधारमा २७ बाणिज्य बैंक मध्ये ११ औं स्थानमा आएको छ ।
यस्तै, बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै, निक्षेप रु. १ खर्ब २५ अर्ब, कर्जा १ खर्ब ९ अर्ब, ग्राहक ११ लाख भएका छन् । यसैगरी शाखा संख्या शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १४२ वटा पुगेको छ । जिल्लाका आधारमा मेगा बैंक ५८ जिल्लामा पुगेको छ ।
प्रतिक्रिया