साधना लघुवित्तको आईपीओ आजदेखि

५ बर्ष अगाडि

साधना लघुवित्तको आज (असार २१) गते  देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । 

लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि  लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात्  ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको  आईपीओमा आज देखि असार २४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

भने सो अवधिमा सबै सेयर बिक्री नभए साउन ४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ ।

लघुवित्तको आईपीओमा न्यूूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत   प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया