विवादको छलफल केन्द्रीय समितिमा हुनुपर्छ भन्दै नेकपामा आजदेखि हस्ताक्षर अभियान

५ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । 

पार्टी फुटको संघारमा रहेकोले पार्टीलाई फुट्नबाट जोगाउन केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने भएका हुन् । 

केन्द्रीय सदस्य ठाकुर गैरेले केन्द्रीय समिति बैठक माग गर्दै हस्ताक्षर अभियान आजैबाट सुरु गर्ने बताए।

‘पार्टीभित्रको विवादको विषयमा केन्द्रीय सदस्यले पनि धारणा राख्न पाउनुपर्छ। दुई अध्यक्षले हाम्रा कुरा सुन्नुपर्छ। हामी पनि उहाँहरुका कुरा सुन्छौ। विवादको छलफल केन्द्रीय समितिमा हुनुपर्छ,’ उनले भने।

५ बर्ष अगाडि

प्रतिक्रिया