रिलायबल इन्स्योरेन्सले बोलायो साधारण सभा

५ बर्ष अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दोश्रो वार्षिक साधारण सभा बोलाएको छ ।

 सभामा  कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७४र७५ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नैछ । 

साथै,सभामा आर्थिक वर्ष २०७५र७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीको साधारण सभा श्रावण ११ गते आइतबार होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजेबाट शुरु हुनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया