बादलदेखि युवराजसम्म भए मन्त्री

७ बर्ष अगाडि

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । 
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिलाइएको हो । 
आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल , मातृका यादव र डा युवराज खतिवडा छन् । 
पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बनेका छन् । 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा एमालेका नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो । 
अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन् ।  यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।  यस्तै, गृहमन्त्री बनेका  थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए। 
यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसकेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया