सोमबारदेखि शेयर बजार खुल्ला गर्ने नेप्सेको घोषणा

५ बर्ष अगाडि

काठमाडौं – लकडाउनका कारण लामो समयदेखि बन्द शेयर बजार सोमबारदेखि खुल्ला हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोलिदेखि प्रचलित व्यवस्थाअनुसार नै नियमित कारोबार गर्ने निर्णय गरेको हो । 
नेप्सले आइतबार एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार खुल्ला गरिने छ । 
लकडाउन अवधीमा दुई दिन कारोबार खुल्ला गर्दा कायम गरिएका सर्किट ब्रेक र मूल्य परिवर्तन सम्बन्धी व्यवस्था अब लागू हुने छैन । पहिले कै व्यवस्था अनुसार अब सेयर बजार सञ्चालन हुने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया