साधाना लघुवित्तको आईपीओ असार २१ देखि निष्काशन हुने

५ बर्ष अगाडि

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २१ गतेदेखि निष्कासन हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सुचना जारी गर्दै असार २१ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने बताएकोहो । उक्त आईपीओमा छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन  सकिने छ । 
कम्पनीकाअनुसार आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 
लघुवित्तले प्रति कित्ता रु. १०० मा ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  त्यसमा१० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ  । जसअनुसार सर्वसाधारणले बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ दिन सक्ने छन् । 
लघुवित्तको यस आईपीओलाई इक्रा नेपालले  ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तको  आधारभुत पक्ष औषतभन्दा पनि तल भएको बताउछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया