गुराँस लाइफको हकप्रद शेयरको बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन

५ बर्ष अगाडि

काठमाडौं – गुराँस लाइफले यस अघि स्थगित गरेको हकप्रद शेयर आइतबारदेखि बिक्रीमा आएको छ । कम्पनीको पुर्व निर्धारित समयतालिका अनुसार आजदेखि शतप्रतिशत मात्रामा हकप्रद शेयर बिक्रीमा ल्याइएको हो । 
 
यस अघि चैत २० गते उक्त हकप्रद शेयर बिक्रीमा ल्याउने भनिएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण त्यो स्थगित गरिएको थियो । 

कम्पनीले हालको चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । जसअनुसार  कम्पनीले रू. १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।  त्यसमा आगामी साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन  सक्ने बताइएको छ । 
हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख ४० हजार पुग्नेछ । बीमा समितिले तोेके बमोजिम रू. २ अर्ब चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ । यसमा 
कम्पनीले आव ०७४र ७५ को मुनाफाबाट १३.१० प्रतिशत बोनस शेयर वितरण गर्दै छ । त्यसपछि भने कम्पनीको तोकिए बमोजिमको चुक्तापुँजी पुग्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया