काठमाडौं – शिखर इन्स्योरेन्सले हकप्रद शेयरको आजदेखि (असार १४ गते) बिक्री खुल्ला भएको छ । पुर्व निर्धारित समय तालिकाअनुसार आइतबारदेखि उक्त हकप्रद शेयरको बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले १ शेयर बराबर नयाँ ०.३ शेयर अर्थात १ः०.३ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रदमा आगामी साउन १४ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। ।
यस अघि चैत १३ गते उक्त हकप्रद शेयर बिक्रीमा ल्याउने भनिएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण त्यो स्थगित गरिएको थियो ।
कम्पनीले प्रति कित्ता रु. १०० को दरमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
हक प्रद निष्काशनको लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरेको थियो, जसअनुसार फागुन १२ गते सोमबारसम्म कायम शेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया