एनआईसी एसियाको आईपीओः आइपीओ दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकोे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले गत असार १० गते देखि प्रतिकित्ता रु. १०० को अंकित दरमा ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा आवश्यक भन्दा बढी आवेदन आएपछि आजसम्म आवेदन दिन पाइने भएको हो । 

उक्त आईपीओमा छिटोमा असार १४ गते सम्म नै बिक्री खुल्ला गरिने बताइएको थियो । ढलोमा भने असार २४ गतेसम्म बिक्री खुल्ला गरिने भने आवश्यक भन्दा बढी आवेदन आएपछि बन्द गर्न लागिएको हो । 
उक्त आईपीओमा शुक्रवार ३ः३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा साढे ३ गुणा बढी हो । 
लघुवित्तले रु. ४७ करोड ५५ लाखको आईपीओ निष्कासन गरेको हो । त्यसमध्ये  ७४ हजार कित्ता कर्मचारी  र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तामा आवेदन दिन सक्नेछन् । बढीमा भने २ लाख कित्तासम्मको आवेदन दिन सक्ने बताइएको । सर्व साधारणले आस्वा सुविधा प्राप्त बैंक, मेरो शेयर लगायतका तोकिएको निकायबाट उक्त शेयरमा आवेदन दिन सक्नेछन् । 
लघुवित्तले विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहको छ । लघुवित्तको उक्त आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले लघुवित्तको आधारभूत पक्ष औषतभन्दा तल रहेको 
जनाउछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया