रेशम चौधरी पुगे अदालतमा, अब के हुन्छ ?

७ बर्ष अगाडि


काठमाडौं–कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएपनि प्रमाणपत्र लिनबाट बञ्चित भएका   रेशम चौधरी जिल्ला अदालत कैलालीमा हाजिर भएका छन् । 
उनी जिल्ला अदालत कैलालीमा सोमबार बिहान ११ बजे हाजिर भएका जिल्ला अदालत कैलालीका सूचना अधिकृत दीपेन्द्र साउदले जानकारी दिए । 

उनले उनीमाथि अब थुनछेकको बहस प्रक्रिया अघि बढाइने भन्दै  सरकारी वकिल र चौधरीको वकीलको बहसपछि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने निर्णय हुने जानकारी दिए । 

टीकापुर हत्याकाण्डमा दोषी उनी प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका थिए । 
सर्वोच्च चौधरीलाई राज्यबाट पाउने कुनै पनि सुविधा नदिन सरकारलाई आदेश समेत दिएको थियो । सर्वोचचले चौधरी  फरार अभियुक्त  भएको ठहर पनि गरेको थियो । 
यस्तै सर्वोच्चले वारेशनामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ । पुस ९ गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले रेशमलाई फरार अभियुक्त ठहरगर्दै पक्रन निर्देशन दिएको थियो । 
 २०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको  वरिष्ठ प्रहरी अधिकारीसहित ९ जनाको ज्यान गएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया