नेपालमा गएको २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ।
तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।
प्रतिक्रिया