थप एकको कोरोना कारण मृत्यु , मृतकको संख्या २६ पुग्यो

६ बर्ष अगाडि

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा ४९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो।

काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए।

उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान गुमाएका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया