तीन महिनादेखि घरभित्रै सीमित हुनु पर्दा अभिनेत्री स्वस्तिमा खड्कालाई पनि सुटिङमा विताएका दिनहरु याद आइरहेको छ । लकडाउनअघि केही फिल्म साइन गरेर बसेकी उनले बुधवार आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा एक तस्विर शेयर गरेकी छन्, जसमा उनी थकित मुद्रामा विछ्यौनामा पल्टिएकी छन् । उनले आफूलाई थकित दिन याद आएको उल्लेख गरेकी छन् ।
स्वस्तिमाको यो पोस्टमा एक इन्स्टा प्रयोगकर्ताले उनीमाथि व्यांग्य गर्दै लेखेका छन्, ‘खोइ कसलाई के चटक, कसलाई के चटक १ अब कसैलाई शरीर गलेको पनि मिस हुँदो रैछ । हामी सोझा(साझा र साधारण मान्छेले पोस्ट देखेसी ट्वा बाहेक अरु के पर्नु र ।’ धेरैले भने उनलाई ‘सुन्दरी’ भन्दै तारिफको पुल बाँधेका छन् । तस्विरमा उनलाई विछ्यौनामा निदाइरहेको देख्न सकिन्छ ।
प्रतिक्रिया