शिखर इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – शिखर इन्स्योरेन्सले हकप्रद शेयर असार १४ गते देखि बिक्रीमा ल्याउने भएको छ । कम्पनीले बिहीबार एक सुचना जारी गर्दै आगामी असार १४ गतेदेखि १ शेयर बराबर नयाँ ०.३ शेयर अर्थात १ः०.३ अनुपातमा शेयर बिक्री गर्ने बताएको हो । उक्त हकप्रदमा आगामी साउन १४ गतेसम्म आवेदन दिन सकिने छ । 
यस अघि चैत १३ गते उक्त हकप्रद शेयर बिक्रीमा ल्याउने भनिएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण त्यो स्थगित गरिएको थियो । 
कम्पनीले प्रति कित्ता रु. १०० को दरमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया