डलरको मूल्य महंगिए सँगै यसपटको दशै पनि महंगिने निश्चित

७ बर्ष अगाडि

बुधबार नेपाली रुपैयाँ सर्वाधिक कमजोर ठहरिएको छ ।  अमेरीकी डलर सर्वाधिक महंगो हुँदा नेपाली रुपैयाँ सर्वाधिक सस्तो भएको हो । पहिल्लो समय अमेरिकी डलरले हरेक दिन जसो नयाँ रेकर्ड कायम गरिरहेको छ । विज्ञहरु डलरको मूल्य अझै बढ्न सक्ने बताउँछन् । 
बुधबार एक अमेरीकी डलर किन्न ११६ रुपैयाँ ४७ पैसा खर्च गर्नुपर्ने छ । डलरको बिक्रि मूल्य ११७ रुपैयाँ ७ पैसा कायम भएको छ । डलरको मूल्य महंगिए सँगै यसपटको दशै पनि महंगिने निश्चित देखिएको  छ । धेरै जसो वस्तु तथा सेवा आयात हुने भएकाले आयातित सामानको मूल्य बढेर उपभोक्तालाई मार पर्ने भएको छ । 
यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ ६ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ७६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ७५ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर १० रुपैयाँ ३९ पैसा र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३ सय ८६ रुपैयाँ ६२ पैसा रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया