एकैदिनमा थप ६ सय २९ जनामा कोेरोना संक्रमण पुष्टि

६ बर्ष अगाडि

बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ । 

यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया