काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले स्थायी समिति बैठकका एजेण्डा तय गरेका छन् ।
बैठकमा एमसीसी पनि समेटिएको छ ।
यसअघि दुई अध्यक्षबीच साझा एजेण्डा तय हुन नसक्दा समस्या हुँदै आएको थियो । आजै पार्टीको स्थायी समिति बैठक बस्दैछ ।
बैठकको एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्धय ओली र प्रचण्डले मन्तव्य राख्नेछन् । त्यस्तै दोस्रो एजेण्डा सरकारका कामकारवाहीबारे छलफल हुने भएको छ ।
सरकारका कामकारवाहबिारे छलफल विषय समेत तोकिएको छ । सरकारका कामका सम्बन्धमा कोभिड १९ नियन्त्रण, रोकथाम र उपचार, नेपालको सिमा समस्या समाधान र अन्य गरी तीन उपशिर्षक रहेका छन् ।
त्यस्तै पार्टी एकताका बाँकी कामहरुबारे पनि छलफलको एजेण्डा बनाइएको छ । नेकपामा एमसीसीबारे चर्को विवाद छ । यस विषयमा बैठक केन्द्रीत हुने बताइएको छ
प्रतिक्रिया