काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाकोे आईपीओ आजदेखि बिक्रीमा आएको छ । लघुवित्तले कुल प्रतिकित्ता रु. १०० को अंकित दरमा ४७ लाख ५५ हजार कित्ता आईपीओ आजदेखि बिक्रीमा ल्याएको हो ।
उक्त आईपीओमा छिटोमा असार १४ गते सम्म बिक्री खुल्ला गरिने छ । ढलोमा भने असार २४ गतेसम्म बिक्री खुल्ला गरिने बताइएको छ ।
लघुवित्तले रु. ४७ करोड ५५ लाखको आईपीओ निष्कासन गरेको हो । त्यसमध्ये ७४ हजार कित्ता कर्मचारी र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तामा आवेदन दिन सक्नेछन् । बढीमा भने २ लाख कित्तासम्मको आवेदन दिन सक्ने बताइएको ।
सर्व साधारणले आस्वा सुविधा प्राप्त बैंक, मेरो शेयर लगायतका तोकिएको निकायबाट उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।
लघुवित्तले विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहको छ । लघुवित्तको उक्त आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले लघुवित्तको आधारभूत पक्ष औषतभन्दा तल रहेको
जनाउछ ।
प्रतिक्रिया