कोभिड १९ का कारण तीन महिनादेखि जारी लकडाउन अहिले लुजडाउनमा परिणत भएको छ । अभिनेता अनमोल केसी पनि गएको तीन महिनादेखि घरभित्रै सीमित छन् । यद्यपि, उनी हप्तामा एक दुईपटक बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् ।
लकडाउनअघि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यसपछि फिल्म ‘पारस’ का लागि समय दिने उनको सोच थियो । तर, कोरोनाले सबै योजना भताभुङ्ग बनायो । लकडाउनपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन रोकियो । अब, लकडाउन खुलेपछि उनले यो फिल्मको बाँकी छायांकन सक्नेछन् । यसमा उनको जोडी सुहाना थापासँग बाँधिएको छ ।
कोरोनाका कारण जारी लकडाउनले अधिकांश कलाकारको जीवनचर्या फेरिएको छ । तर, अनमोलको दिनचर्यामा भने कुनै परिवर्तन आएको छैन । अन्य समयमा पनि घरभन्दा बाहिर कमै निस्कने उनी लकडाउनको समयमा भागवत गीता पढेर र म्यूजिक सुनेर दिन काटिरहेका छन् । केही समय आफूले पालेको कुकुरसँग खेल्ने गरेका उनी फिल्म हेरेर पनि दिन काट्ने गर्दछन् ।
उनै, अनमोलले सोमवार फेसबुकमा बाइकमाथि चढेको आफ्नो एक तस्विर पोस्ट्याउँदै ‘तयारी नै सफल दौडको चाँबी’ रहेको उल्लेख गरेका छन् । उनको यो भनाईबाट बुझ्न सकिन्छ कि उनी सफल दौडका लागि तयारी गरिरहेका छन् । हुनत, उनी अहिलेका नेपाली फिल्मका सबैभन्दा सफल अभिनेतामा गनिन्छन् । यद्यपि, उनको अभिनयको भने आलोचना हुने गरेको छ ।
प्रतिक्रिया